Headlines News :
Home » » 88.बेरोजगारको खातामा,मेरा नाम हुनुपर्छ

88.बेरोजगारको खातामा,मेरा नाम हुनुपर्छ

Written By Gaurab Shrestha on Sunday, August 19, 2012 | 10:07 PM


बेरोजगारको खातामा,मेरा नाम हुनुपर्छ
युवालाई गर्न देश मै, काम......हुनुपर्छ

खाडिमा पसिना, बगाउने....हेर्दा लाग्छ
देशका नेताहरु, बईमान ........हुनुपर्छ

नेपाल बन्दले मात्र, हुन्न अब साथी हो
पौरखीको मेहनत, खुलेआम.....हुनुपर्छ

यो अत्ती भयो, सबै सुबिधा शहरमा कीन
बिकास दुर्गम, घर गाम.......हुनुपर्छ

यो देशको सुन्दरता, हीमाल.........हेर्न
बिश्वकै पर्यटक आउने, लाम....हुनुपर्छ

आज द्वन्दले संसार, रोएको.........बेला
नेपालको पहिचान, बुद्धधाम......हुनुपर्छ

यहाँ धर्मको नाउमा, बगेको रगत पुछ्न
हरेका मनमा जीजस,अल्ला राम हुनुपर्छ
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger