Headlines News :
Home » » 83.जुन छैन आकाशमा लाग्छ अब कुनै.......तारा छैन

83.जुन छैन आकाशमा लाग्छ अब कुनै.......तारा छैन

Written By Gaurab Shrestha on Wednesday, August 15, 2012 | 11:32 PM


जुन छैन आकाशमा लाग्छ अब कुनै.......तारा छैन
बसन्तको हरियाली सयपत्री मखमली......सारा छैन

नदेखेर होला तीमीलाई आउदा जादा.......गोरेटोमा
पानी भर्ने पधेरो र चौतारि को..............धारा छैन

सम्झना मै तिम्रो डुबी नओभाएका.........आँखाहरु
बग्दा मेरा अशु्र बर्षा अब अर्को कुनै.......रारा छैन

गाँउ शुन्य ठाँउ शुन्य तीमी बिना म...........शुन्य
पराजीत यो कथा मील्ने फेरि अर्को.......खारा छैन

सीमल एक्लै डगर एक्लै हामी भेट्ने.....पाखा एक्लै
कस्लाई पोखु मनको बह अब कुनै.........नारा छैन

बिछोडको बेदना ले जीबन रहित.........शरीर मेरो
देख्दा तिम्लाई लाग्दो होला म जस्तो हुत्तीहारा छैन
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger