Headlines News :
Home » » 78.नेपाल मै बसी केहि, ग’र भन्छन कोहि

78.नेपाल मै बसी केहि, ग’र भन्छन कोहि

Written By Gaurab Shrestha on Wednesday, August 1, 2012 | 9:13 PM


नेपाल मै बसी केहि, ग’र भन्छन कोहि
भने जती कमाई कहाँ, छ’र भन्छन कोहि

अब देश मै बसि केहि, गर्न पर्छ भन्दा
गर्न त हुन्थ्यो यार्, त’र भन्छन कोहि

बुद्धि शिप लागाएर, देश उठाऔ भन्दा
बन्द हुने नेपालको के, भ’र भन्छन कोहि

जीन्दगीभर कमाएको, पुजी फसाउदा खेरि
नेपालको माहोल मा छ, ड’र भन्छन कोहि

बेरोजगारि युवाको त, कुरा सुन्दा झनै
देश छोडि बीदेश तीरै, स’र भन्छन  कोहि

फर्कि छोरा गाँउ मै बसी, खेति गरौ भन्दा
भो नलगाउ बाबाआमा, क’र भन्छन कोहि

कस्को मात्र कुरा सुन्ने, नीरासता छ उस्तै
बुझ्नेहरु हामीलाई, कठैब’र भन्छन कोहि
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger