
‘त्यसकोभाले’ कथाबाट मेरोसाहित्यारम्भ भएको हो। त्यही कथालेनै मलाई आजकोयो ‘गोठाले’ बनायो। त्यो शारदामासिकमा छापिने सुरसारमा थियो। प्रेसमा त्यसको‘कम्पोज’ पनि भइसकेकोथियो । योप्रसङ्ग विसं १९९७को हो ।ठीक त्यसैबेला मलाईपक्रेर लगियो । त्यससमय प्रजा परिषदलेपर्चा छरेको थियो। मैले पनिपर्चा छरेँ ।र, मलाई समातेरलगियो । त्यससमय भवानी भिक्षुलेशारदा हेर्नुहुन्थ्यो ।उहाँले आशङ्का गर्नु भयो, “मेरो नाममै कथाछापियो भने मसरकारी चेपारोमा त पर्छुपर्छु, स्वयम् शारदा पनिपर्न सक्छ ।” तर, उहाँसँग त्योकथा नछाप्नुको विकल्पपनि थिएन ।त्यसैले भिक्षुले मेरो कथापनि छापिने, शारदाको प्रकाशन पनिबच्ने नयाँ जुक्तिनिकाल्नुभयो । फलतःउहाँले मेरो साहित्यिकन्वारान गरेर मलाई‘गोठाले’ बनाइदिनु भयो।
यद्यपि, मैले त्यस कथामाआफ्नो वास्तविक नामगोविन्दबहादुर मल्ल नैलेखेको थिएँ ।मलाई गोविन्दबहादुरबाट ‘गोठाले’ बनाउनुका पछाडि पनि भिक्षुकोआफ्नै तर्क थियो। गोविन्द भनेकोकृष्ण अर्थात् गोठालो। यसरी मगोविन्दबाट ‘गोठाले’ हुनपुगेँ ।पछि गोविन्द ‘गोठाले’ लेख्न थालेँ ।त्यहाँदेखि आजको कालखण्डबीचका६७ हिउँद रवर्षहरू मैले निरन्तरनेपाली साहित्यको सेवामा बिताएँ। साहित्यको गोठालोगर्न सकेँ यासकिनँ, त्योचाहिँ पाठकको मूल्याङ्कनमाछाड्न चाहन्छु ।
त्यसबेलाकाराणा प्रशासकहरूले करबिएक महिना मलाईसिंहदरबारमा तारखिमा झुलाए रखुब केरकार गरे। तर, कतैबाटमलाई दोषी सावितगर्न सकेनन् ।आखिरमा मलाई तारिखमुक्तगर्न उनीहरू बाध्यभए । म त्यसबेला १८ वर्षकोथिएँ, असल-खराबछुट्याउने भइसकेको थिएँ ।
मलाई साहित्यमा लाग्न आममानिसहरूलाईभन्दा सजिलो थियो। मेरा पिताजीऋद्धिबहादुर मल्ल स्वयम्साहित्यप्रति ठूलो चाखर लगाव भएकोव्यक्ति हुनुहुन्थ्यो । उहाँलेयही रुचिले राणासरकारसँग स्वीकृति मागेर शारदाको प्रकाशन थाल्नुभएकोथियो । त्यससङ्कुचित र राणाहरूकोएकमना जहानियाँ शासनमापत्रिका निकाल्ने स्वीकृति पाउनुचानचुने कुरा थिएन। पिताजीले बकाइदाश्री ३ समक्ष‘पत्रिका निकाल्न पाऊँ’ भनेरविन्तीपत्र हाल्नुभएको थियो ।र, श्री ३ले पनि ‘पत्रिकानिकाल्नू’ भन्ने हुकुमप्रमाङ्गी गरेकालेशारदा प्रकाशित हुनसकेकोहो ।
पिताजी शारदा सँग गाँसिनुभएकालेत्यसबेला हामीकहाँ प्रसिद्ध साहित्यिकहस्तीहरूको बाक्लै आवतजावत हुन्थ्यो। यसबाहेक त्यसबेलासाहित्यकारहरूको जमघट हुनेथलोको अभाव पनिथियो । आजजस्तो गोष्ठी रसमारोह भन्ने नै कहाँहुन्थ्यो र त्यतिखेर! काठमाडौँ स्वयम् एउटा दुर्गमगाउँ जस्तो थियो। आज जस्तोपत्रपत्रिकाहरूको घुइँचो त त्यसबेलाकल्पनासम्म पनि हुँदैनथ्यो।
देवकोटालेमुनामदन बाहेक मेरा साराकृति जलाइदिए हुन्छभन्नुभएको थियो ।तर, म मुनामदनभन्दा पनि उहाँको‘पागल’ कवितालाई उच्चकोटिको ठान्छु। उहाँको आत्मदेखिनै निःसृत भएकोकविता हो यो। यो नेपालीसाहित्यमध्येकै महान् रचना होभन्ने मलाई लाग्छ। यो धेरैमाथिकोकविता हो ।यस कवितामा देवकोटालेआफ्नो जीवनलाई नैअभिव्यक्त गर्नुभएको छ । यो कवितापनि मैले पिताजीकोकाखमै बसेर पहिलोपल्टदेवकोटाको मुखबाटै सुन्ने सौभाग्यपाएको छु ।उहाँलाई आफ्नै केही समकालीनहरूलेपागल भनेको जोसमादेवकोटाले यो कालजयीकविता सिर्जना गर्नुभएकोहो ।
तर, मैले कुनैकृति जोसमा लेखिनँ। म ढिलोर सोचेर लेख्नेमानिस । हतारमाकहिल्यै कुनै सिर्जनागरनिँ । मेराकथा, उपन्यास, नाटकहरूमाआफूले त्यसबेला भोगेकोसमाज र परििस्थतिलाईमैले इमानदारीपूर्वक उतार्नेकोसिस गरेको छु। यसमा ‘गोठाले’ आफू कति रकुन रूपमा अभिव्यक्तभयो, म भन्नसक्तिनँ र त्यसलाईखासै महत्त्व पनिदिन्नँ ।
मुनामदनको कुरा देवकोटालेपनि यो कुनैमुडमा भन्नुभएको हुनसक्छ। उहाँ बढोमुडी मान्छे हुनुहुन्थ्यो। मलाई आफ्नाहरेक कृतिहरू त्यतिकैपि्रय लाग्छन् ।तर, म देवकोटालेजस्तो एउटाबाहेक आफ्नासबै कृतिहरू जलाइदिएपनि हुन्छ भन्नेमान्यता राख्दिनँ । मलाईआफ्ना हरेक कृतिहरूआफ्नै रगतले लेखेजस्तोअनुभूति हुन्छ । मैलेकस्तो लेखेँ, त्यसकोमूल्याङ्कन भने मआफैँ गर्न चाहन्नँ, त्यसको अधिकार मेरा पाठकलाईछ । मैलेआफ्नो सिर्जनशीलतालाई सदैवपाठकसामु परीक्षण गर्दै आएकोछु ।
म देवकोटापछि सिद्धिचरण श्रेष्ठबाटसबैभन्दा बढी प्रभावितभएको छु ।उहाँ पनि हामीकहाँबरोबर आइरहनुहुन्थ्यो ।यसबाहेक हिन्दी साहित्यले मलाईसर्वाधिक प्रभाव पारेको थियो। प्रेमचन्द रशरच्चन्दका कृतिहरू मेलै धेरैपटकदोहोर्याएर पढेकोछु । त्यसबेलापढ्ने सामग्रीहरू पनिहिन्दीमा बाहेक केही हुँदैनथे। अहिले साहित्यधेरै माथि उठेकोछ । प्रशस्तअवसर खुलेका छन्र थुप्रै सम्भावनाकाढोका उघ्रेका छन्। हाम्रो समयमायस्तो अवसर कहाँथियो र ? एउटारचना प्रकाशन गर्नमहिनौँ कुर्नुपथ्र्यो, शारदा बाहेक अर्कोप्रकाशन थिएन ।आजको साहित्य रयसका प्रकाशन संस्थाहरूजति नै विकसितर समुन्नत भएपनि यो शारदाकै निरन्तरता होभन्ने मलाई लाग्छ।
मलाई धैरेले धेरैपटक सोधेकाछन्, “तपाईं ‘गोठाले’ नहुनुभएको भए केहुनुहुन्थ्यो ?” तर, मआजको पुस्तामै जन्मेकोभए पनि लेखकनै हुने थिएँ। सायद म‘गोठाले’ चाहिँ हुने थिइनँकि !
मलाई ‘गोठाले’ बनाउने शारदालामो विश्रामपछि पुनःप्रकाशनमा आएको छ। त्यसले आजकोर भोलि आउनेपुस्तालाई कैयौँ गोठालेहरू जन्माउनप्रेरणा दिनेछ भन्ने मैलेअपेक्षा राखेको छु ।तर, के हुन्छ, म यसै भन्नसक्तिनँ ।
मलाई अक्सर मानिसहरूले सोध्नेगर्छन्, “तपाईंका भाइ विजयमल्ल प्राज्ञ भएर लामो समयसम्मप्रज्ञा-प्रतिष्ठानमा संलग्न भए तरतपाईंचाहिँ किन एकपल्टपनि त्यहाँ जानुभएन?” हो, मलाई पनित्यहाँ जान मननलागेको होइन रमलाई पनि राखेकोभए हुन्थ्यो भन्नेपनि नलागेको होइन। तर, कसैलेमलाई नराखेपछि मआफ्नो इच्छाले त्यहाँजाने कुरा पनित भएन नि! सायद एकै घरकादाजुभाइलाई राख्न अप्ठ्यारो भएरम छुटेँ होला। यसलाई मैलेनियतिको कुरा भनेरचित्त बुझाउने गरेकोछु । तथापि, मलाई पछिल्लो समयत्यहाँको मानार्थ सदस्यसम्म बनाइएकोथियो । यसैमाचित्त बुझाएको छु।
उमेरले ८५ नाघ्नलागेँ । विगत१० वर्षदेखि बुढौलीलेगाँज्न थालेको अनुभव गर्दैआइरहेछु । कानपनि सुन्न छाडिसकेँ। शरीर शिथिलभएको छ, घरभित्रैपनि घुमफिर गर्नकठिन हुन्छ ।हात काम्न थालेकाछन्, लेख्न सक्तिनँ। दाहिने अङ्गराम्रोसँग चल्दैन । एउटाहातले लट्ठी टेकेरघरैभित्र ओहोरदोहोर गर्छु ।बाहिरफेर साहित्यिक जमघटहरूमा नगएकोपनि जुगै बित्योजस्तो लाग्छ ।धेरै पढ्थेँ म, हिजोआज त्यो पनिछुटेको छ ।अब त सम्झनेशक्ति पनि क्षीणहुन थालेको छ। सबैै घटनाहरूस्मृतिबाट विलीन हुन थालेकाछन् । ईश्वरलेयहाँसम्मको यात्रामा ल्याइपुर्याएकोछ । बाँकीयात्रा कतिसम्म पार गर्नसक्छु, त्यो पनिउसैको कृपामा छ। जुन दिनमृत्यु हुन्छ, स्वभावतः त्यसैदिन यो यात्रापनि टुङ्गिन्छ ।
तर पनि मनिराश भएको छैनकुनै क्षण ।मलाई पक्का आशावादीभन्दा अन्यथा हुँदैन। यो चराचरसृष्टि, मैले पछाडि छाडेरआएको अतीतका अनुभवहरूआज पनि मलाईअतीव पि्रय रआत्मीय लाग्छन् । वास्तवमातिनै स्मृति रअनुभवहरूले नै मलाईआजसम्म जीवित राखेका छन्भन्ने म सम्झिन्छु।
Via-नेपाल साप्ताहिक
Post a Comment